सोमबार सुन र चाँदीको भाउ स्थिर

-



     सफल आवाज    
     पौष ११ गते २०७९ मा प्रकाशित



काठमाडौं, ११ पुस । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेर काराेबार भएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ स्थिर रहि तोलाको १ लाख ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार पनि छापावाल सुनको भाउ तोलाको १ हजार ५ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुनको भाउ पनि स्थिर रहि तोलाको १ लाख रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि तेजाबी सुन तोलाको रुपैयाँ १ लाख कायम भई कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदी तोलाको १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ। आईतबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ९० रुपैयाँमा नै कारोबार भएको थियो ।