प्रि ओपन सेसन: नेप्सेमा करिब १ अंकको वृद्धि

-



     सफल आवाज    
     पौष ११ गते २०७९ मा प्रकाशित



काठमाडौं, ११ पुस । साताको पहिलो कारोबार दिन आज सोमबार (आइतबार सार्वजनिक बिदा परेकोले) को प्रि-ओपन सेसनमा नेप्से परिसूचकमा करिब १ अंकको वृद्धि भएको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ०.०१ अंक घटेर १८६७.२१ विन्दुमा बन्द भएको नेप्से आजमो यो सेसनमा २.८२ अंक बढेर १८६४.४० विन्दुमा झरेको छ । यो सेसनमा सेन्सेटिभ इण्डेक्समा भने ०.३१ अंकको गिरावट आएको छ ।

आज सोमबारको प्रि-ओपन सेसनमा २९ वटा स्टकको ३४ लाख ९७ हजार ३९७ रुपैयाँ बराबरको ५ हजार २८० कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये २२ वटा स्टकको मूल्य बढेको छ भने ५ वटा स्टकको मूल्य घटेको छ । बाँकी २ वटा स्टकको मूल्य स्थिर रहेको छ ।