एशियन हाइड्रोकाे आईपीओमा वैदेशिक रोजगारीमा रहेकाले आजसम्म आवेदन दिन पाउने

-



     सफल आवाज    
     पौष १२ गते २०७९ मा प्रकाशित



काठमाडौं, १२ पुस। एशियन हाइड्रोपावरले जारी गरेकाे सेयर (आईपीओ) मा वैदेशिक रोजगारीमा गएकाहरुले आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले मंसिर २७ गतेदेखि सेयर निष्काशन गरेको थियाे ।

हाइड्रोपावरले आयोजना प्रभािवत क्षेत्रका जनताका लागि निष्काशन गरेको सेयरमा आवेदन दिने म्याद भने लम्ब्याएकाे जनाएकाे छ । यसअनुसार आयोजनाबाट प्रभािवत क्षेत्रका जनताले पुस १९ गतेसम्म आवेदन दिन पाउने भएका छन्।

कम्पनीले ४० लाख रुपैयाँ बराबरको प्रतिकित्ता रु १०० काे दरले ३ लाख ४० हजार कित्ता साधारण सेयर आयोजनाबाट प्रभावित क्षेत्रका जनताकाे लागि जारी गरेकाे हाे ।

आयोजनाबाट प्रभावित मानिएकाे इलाम नगरपालिका वडा नं. १०, माई जोगमाई गाउँपालिका वडा नं. ३ र ४ तथा सूर्योदय नगरपालिका वडा नं. ११ का जनताका लागि १ लाख ३६ हजार कित्ता रहेकाे छ । यस्तै अन्य क्षेत्रहरुमा बसोबास गर्ने जनताका लागि बाँकी २ लाख ४ हजार कित्ता सेयर रहेकाे छ।

सर्वसाधारणका लागि जारी हुने ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता साधारण सेयरबाट ८४ हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारमा गएका नेपालीकाे लागि रहेकाे छ । लगानीकर्ताले घटीमा १० तथा बढीमा २० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।

कम्पनीले ६.२ मेगावाटको तल्लो जोगमाई खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेकाे छ । २०७८ कात्तिक १५ गतेदेखि व्यावसायीक उत्पादन सुरु भइरहेकाे छ। यसकाे कुल लागत १ अर्ब ३९ करोड १५ लाख ३० हजार रुपैयाँ छ।

सेयरमा लगानीका लागि एनएमबि बैंक, सिभिल बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा तथा सेबाेनबाट सि-आस्बा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था र शाखाहरुबाट आवेदन दिन पाइनेछ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।