
काठमाडौं, १२ पुस । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयरमूल्य आज नेप्सेमा समायोजन भएको छ ।
बैंकले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरेपछि नेपाल स्टक एक्सचेन्जले सेयरमूल्य समायोजन गरेर नयाँ मूल्य ताेकेकाे हो। बैंकको नयाँ कायम सेयरमूल्य अनुसार दोस्रो बजारमा सेयर कारोबार खुलेकाे छ ।
नेप्सेले बैंकको १३.३० प्रतिशत बोनस सेयर समायोजन गरेको छ । समायोजनपछि बैंकको सेयरमूल्य ३०३ रुपैयाँ ६२ पैसा भएको छ। याे मूल्य नेप्सेले अघिल्लो दिनमा भएकाे कारोबारकाे आधारमा तय गरेकाे हाे । सोमबार बैंकको सेयरमूल्य प्रतिकित्ता ३४४ रुपैयाँ थियाे ।
यसैबीच, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पुसकाे २५ गते चौधौँ साधारण सभा डाकेकाे छ । सभा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल प्रा.लि. मणिग्राम, रुपन्देहीमा डाकिएकाे छ । साधारण सभा पूर्वान्ह ११ बजे डाकिएकाे छ ।
सभाबाट ५० करोड २८ लाख ७४ हजार १९८ रुपैयाँ ९० पैसा बराबरको बोनस सेयर तथा त्यसकाे कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिने भएकाे छ ।
यस्तै सभामा उपयुक्त लागेका अन्य बैंक तथा वित्तीय संस्थासंग गाभ्ने गाभिने वा प्राप्तिका लागि कार्य गर्ने अख्तयारी सञ्चालक समितिलाई दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित हुनेछन् ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




