बढ्यो सुनको भाउ, चाँदीको स्थिर

-



     सफल आवाज    
     पौष १२ गते २०७९ मा प्रकाशित



काठमाडौं, १२ पुस । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउमा बृद्धि भएको छ । चाँदीको भाउ भने आज पनि स्थिर रहेको छ ।

यसदिन छापावाल सुनको भाउमा रुपैयाँ २ सयले बढेर तोलाको १ लाख ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि सोमबार सनुचाँदीको भाउ स्थिर रहेर कारोबार भएको थियो । छापावाल सुन तोलाको १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसदिन तेजाबी सुनमा पनि रुपैयाँ २ सयले बढेर तोलाको १ लाख २ सय रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुनको भाउ स्थिर रहेर तोलाको रुपैयाँ १ लाखमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ आज पनि स्थिर रहेको छ । यसरी स्थिर रहेको चाँदी सोमबारकै भाउ तोलाको १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ ।