
काठमाडौं, १२ पुस । मुलुकले नयाँ सरकार र नयाँ अर्थमन्त्री पाए लगत्तै सेयर बजारमा सुधार देखिन थालेकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सपथ लिएकै दिन मन्त्रीपरिषदको पहिलो वैठकमा अर्थतन्त्रको सुधारको कुरा उठाइएको थियाे ।
त्यसको भोलिपल्ट आज प्रधामनमन्त्री दाहालले नीजि क्षेत्रका नेतृत्वहरुसंगको छलफलमा अर्थतन्त्रको पुनरुत्थानमा जोड दिने बताएको केहि समयपछि आजको सेयरमा त्यसको सकारात्मक प्रभाव परेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५९.८७ अंकले बढेको छ । यसरी बढेको नेप्से १९८३.९५ विन्दुमा उक्लिएको छ । नेप्सेमा ३.११ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स १०.६० अंकले बढेर ३८६.०५ विन्दुमा पुगेको छ ।
यसदिन कुल २६१ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड २० लाख २९ हजार ६०३ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार ९६७ रुपैयाँ ९८ पैसा बराबरको कारोबार भएको छ । कुल १३ उपसमूहरुमा सबैमा हरियो लागेको छ । उनीहरु सबैको सेयर बढेको छ ।
सबैभन्दा बढी लक्ष्मी बैंक लिमिटेडको सेयर कारोबार भएको छ । बैंकको २० करोड ९४ लाख ९० हजार ५०९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य २.६३ प्रतिशतले घटेको छ ।
प्रधानमन्त्री शेर बहादुर देउवा सत्तामा गएपछिका दिनहरु अक्बासर अप्रीय रहे । ओरालो लागिरहेकाे सेयर बजारमा छिटपुट रुपमा उकालो लाग्न खोजेपनि कारोबार रकम आधा करोडको हाराहारीमा आइसकेको थियो । कुनैबेला २१ अर्बसम्मको कारोबार भएको सेयर बजारको कारोबार रेसियो लाखमा झर्नु भनेको अर्थबजार नराम्ररी खराब भएकाे प्रष्ट नै हुन्छ ।
पूर्वअर्थमन्त्री पनि रहि सकेका र नयाँ सरकारको अर्थमन्त्रीमा नियुक्त भएका विष्णु पौडेल अर्थबजारसंग मैत्रीपूर्ण व्यवहार गर्नुपर्छ भन्ने मान्यता राख्ने भएकोले र राष्ट्र बैंकको नेतृत्वसंग कार्यगत शैलीमा तादम्यता मिल्ने भएकोले अब सेयर बजारमा सुधार हुने अपेक्षा बढेको लगानीकर्ताहरुले बताउन थालेका छन् ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




