सुपरमाई हाइड्रोकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     पौष १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ पुस । सुपरमाई हाइड्रोपावरकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले मंसिर २१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका जनताकाे लागि सेयर (आईपीओ) जारी गरेकाे थियाे । कम्पनीले ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सेयर बिक्रीमा ल्याएकाे हाे ।

आयोजनाबाट प्रभावित इलाम नगरपालिका वडा नं ५, सुम्बेक वडा नं २ र माईजोगमाई गाँउपालिका वडा नं ५ सोयाँङ्गका जनताका लागि २ लाख कित्ता र आयोजना प्रभावित क्षेत्र बाहिर इलामका अन्य क्षेत्रका जनताकाे लागि ३ लाख कित्ता रहकाे छ ।लगानीकर्ताले घटीमा १० कित्तादेखि बढीमा २० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले गुडविल फाइनान्स, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र सुपरमाई हाइड्रोपावर लिमिटेडको कार्यालयबाट आवेदन दिन सक्नेछ।

सुपरमाई हाइड्रोपावरले प्रवर्धन गरेकाे ७.८ मेगावाटको सुपरमाई जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ४८ करोड ८६ लाख १६ हजार रुपैयाँ रहेको छ। कम्पनीले २०७५ कात्तिक ११ गतेदेखि व्यावसायीक विद्युत उत्पादन गरिरहेको छ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।