प्रभु लाइफ र सेन्ट्रल फाइनान्सको सेयर कारोबार फुकुवा

-



     सफल आवाज    
     पौष १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ पुस । नेपाल स्टक एक्सचेन्जले सेयर कारोबार फुकुवा गरेपछि प्रभु लाइफ इन्स्याेरेन्स र सेन्ट्रल फाइनान्सको सेयर कारोबार बुधबारदेखि सुरु भएकाे छ ।

स्टक एक्सचेन्जले महालक्ष्मी लाइफ इन्स्याेरेन्ससँग गाभिने क्रममा रहेकाे प्रभु लाइफको आधारभूत बाहेक अन्य सेयरधनीहरुको सेयर कारोबार फुकुवा भएकाे हाे। दुवै इन्स्याेरेन्सले गएकाे असार ३० गते मर्जरका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । त्यसपछि असार ३१ गतेबाट उनीहरुकाे सेयर कारोबार राेकिएकाे थियो ।

सेन्ट्रल फाइनान्सकाे हकमा भने सेयर बजारमा प्रभाव पार्ने लाभांश बारे सूचना समयमा नदिएको कारण पुस ६ गतेखि सेयर कारोबार रोक्का गरिएकाे थियो । नेप्सेले कम्पनीबाट स्पष्टीकरण पनि मागेकाे थियो । नेप्सेले यसमा सचेत गराउँदै सेयर कारोबार फुकुवा गरिएको जनाएकाे छ ।