निफ्रा उर्जा ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     पौष १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ पुस । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले बिक्रीमा ल्याएकाे ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ । बैंकले मंसिर २९ गतेदेखि वार्षिक ७ प्रतिशत ब्याजदरमा ७ वर्ष अवधिको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५/८६’ बिक्रीमा ल्याएको थियाे ।

बैंकले प्रतिऋणपत्र रु १ हजार अंकित दरकाे ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याएकाे हाे । यसबाट ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत किसिमले बिक्री गरिने भएकाे छ । बाँकी २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणका लागि रहेकाे छ।

सर्वसाधारणका लागि निष्काशन गरिएकोबाट १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ। लगानीकर्ताले घटीमा २५ तथा बढीमा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी दिएकाे छ । याे भनेकाे मध्यम कर्जा जोखिमकाे संकेत हाे । ऋणपत्रबाट पाइने ब्याज प्रत्येक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक सकिएपछि भुक्तानी हुनेछ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।