घट्यो सुन र चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     पौष १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ पुस । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ २ सय तथा चाँदीमा रुपैयाँ २० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबार छापावाल सुनमा रुपैयाँ २ सयले गिरावट भएर तोलाको १ लाख ९ सय रुपैयाँमा कारोबार भईरहेको बताएको छ । यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको १ लाख १ हजार १ सयमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि यसदिन रुपैयाँ २ सयले घटेर तोलाको १ लाख ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदी तोलाको १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।