
काठमाडौं, १४ पुस । साताको सेयर कारोबार हुने पाँचाै दिन बिहिबार नेपाली सेयर बजारमा हरियाली छाएको छ । नेप्सेमा हरियाली छाएपछि लगानीकर्ताहरुमा खुसियाली देखिएको छ ।
नयाँ सरकार गठन भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थतन्त्रको सुधारका लागी सकारात्मक भूमिका निर्वाह गर्ने बताएपछि त्यसको सकारात्मक प्रभाव परेको शेयर बिश्लेषकहरूकाे भनाइ छ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक ५६.८८ अंकले बढेर २०२९.०३ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.८८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ९.९८ अंकले बढेर ३९१.३० विन्दुमा पुगेको छ ।
यसदिन कुल २५७ कम्पनीको सेयर कारोबार भएको छ । ८० लाख २४ हजार ५५९ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ८६ करोड ३ लाख ४५ हजार ७८१ रुपैयाँ ६८ पैसा बराबरको कारोबार भएको छ ।
१३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । सबैको सेयर बढेको छ । आज हिमालयन डिष्टिलरी लिमिटेडको १२ करोड १४ लाख ७१ हजार ५३३ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।
यसदिन सबैभन्दा धेरै हिमालय उर्जा विकास कम्पनी लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै ८.५ प्रतिशत नेपाल बैंक डिबेञ्चर २०८७ काे सेयरमूल्य ३.९५ प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




