प्रभु बैंकका सिइओ शेरचनले बुझे ४ करोड बढी पारिश्रमिक

-



     सफल आवाज    
     पौष १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ पुस । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले गत आर्थिक वर्षकाे तलबभत्ता गरेर कुल ४ करोड ३ लाख २० हजार रुपैयाँ भुक्तानी लिएका छन्।

बैंकले शेरचनलाई तलब भत्ताबापत् ३ करोड ३ लाख ३ हजार रुपैयाँ र बोनस ५६ लाख ९४ हजार रुपैयाँ दिएकाे छ । साथै दशैं तथा बिदाकाे गरेर ४३ लाख २३ हजार रुपैयाँ भुक्तानी लिएका छन्। 

बैंकका अनुसार कार्यकारी प्रमुख तथा पदाधिकारीहरुकाे लागि इन्धनकाे सुविधा र गाडीकाे सुविधा रहेकाे छ । यस्तै दुर्घटना बिमा, स्वास्थ्य बीमा गरेकाे छ । बैंकमा प्रमुख व्यवस्थापकीय जिम्मेवारी पदमा रहेकाहरुकाे लागि मोबाइल फोन चलाएकाे रकमकाे व्यवश्था बैंकले गरेकाे छ ।

अन्य पदाधिकारीहरुले जम्मा ४ करोड १ लाख ७ हजार रुपैयाँ भुक्तानी लिएका बैंकले जनाएकाे छ । व्यवस्थापकिय पदाधिकारीकाे तलब भत्ताका लागि ३ करोड ७ लाख ६ हजार रुपैयाँ भुक्तानी दिएकाे छ ।

कर्मचारीका लागि बाेनस ५८ लाख १६ हजार रुपैयाँ भुक्तानी दिएकाे छ । त्यसैगरी दशैं विदाकाे भत्ताका लागि ३५ लाख ८५ हजार रुपैयाँदिएकाे। प्रभु बैंक यतिबेला सेन्चुरी कमर्सियल बैंकसँग १ बराबर १ को रेसियाेमा मर्ज हुने चणमा रहेकाे छ ।