यी ५ कम्पनीकाे सेयरमूल्य नेप्सेमा समायाेजन

-



     सफल आवाज    
     पौष १५ गते २०७९ मा प्रकाशित



काठमाडौं, १५ पुस । आज ५ वटा कम्पनीकाे सेयरमूल्य नेप्सेमा समायाेजन भएकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रबार सेयरमूल्य समायाेजन भएका ५ कम्पनीहरुमा युनाइटेड इन्स्योरेन्स, फर्स्ट माइक्रोफाइनान्स, फरवार्ड माइक्रोफाइनान्स, कालिका पावर र आरएसडिसी लघुवित्त वित्तीय संस्था रहेका छन्।

यी कम्पनीहरुले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुकक्लोज गरेपछि सेयरमूल्य समायोजन भइ नयाँ मूल्य कायम गरिएकाे नेप्सेले जनाएकाे छ ।

नेप्सेका अनुसार युनाइटेड इन्स्योरेन्सको ५ प्रतिशत, फर्स्ट माइक्रोफाइनान्सको १९ प्रतिशत, फरवार्ड माइक्रोफाइनान्सको २५ प्रतिशत, कालिका पावरको १५ प्रतिशत तथा आरएसडिसी लघुवित्तको ८ प्रतिशत बोनस सेयर नेप्सेमा समायोजन भएकाे छ ।

समायोजन भएपछि युनाइटेड इन्स्योरेन्स्को सेयरमूल्य ३८३ रुपैयाँ ८६ पैसा भएकाे छ । फर्स्ट माइक्रोफाइनान्सको ६४१ रुपैयाँ ९ पैसा कायम भएकाे छ भने फरवार्ड माइक्रोफाइनान्सको १ हजार ९०४ रुपैयाँ कायम भएकाे छ । यस्तै, कालिका पावरको ३३५ रुपैयाँ १३ पैसा तथा आरएसडिसी लघुवित्तको ५२५ रुपैयाँ ८३ पैसा नयाँ मूल्य कायम भएको छ।

अघिल्लो दिन भएकाे काराेबारको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको सेयरमूल्य समायोजन गरिएकाे नेप्सेले जनाएकाे छ । नेप्सेका अनुसार पुसकाे १७ गते समायाेजन भएकाे मूल्यकाे आधारमा कम्पनीहरुकाे सेयर काराेबार दोस्रो बजारमा खुल्ला हुनेछ ।