प्रदेश सरकारले कोरोनाको नि:शुल्क उपचार गर्छ:मुख्यमन्त्री गुरुङ

-



     सफल आवाज    
     कार्तिक १० गते २०७७ मा प्रकाशित



पोखरा १०, कार्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले संघिय सरकारले कोरोनाको नि:शुल्क उपचार र व्यबस्थापन नगरे प्रदेश सरकारले गर्ने विश्वास व्यक्त गरेका छन्।

दशैंकाे शुभकामना र कोरोनाको उपचार र ब्यबस्थापनको बारेमा उनले नेपाली जनताको जिवन रक्षाको बिषयमा कसैले राजनीति गर्न नहुने बताए ।

“कोरोनाको महामारीमा जनताको जिवन रक्षा गर्नु ठूलो कुरा हो, यसमा संघिय सरकारले गरेको निर्णय फिर्ता नभए पनि प्रदेश सरकारले जे जसरी कोरोनाको उपचार र व्यबस्थापनमा लगानी गर्दै आएको छ, त्यसलाई हामी निरन्तरता दिन्छौ, प्रदेशका जनता यसमा ढुक्क भए हुन्छ ।”

पश्चिमाञ्चल क्षेत्रिय अस्पताल (पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान) मा दुई वटा मात्र भेन्टिलेटर हुनु निकै दुःख लाग्दो कुरा भएको बताउदै मुख्यमन्त्री गुरुङले स्वास्थ्य क्षेत्रमा पर्याप्त मात्रामा लगानी नभएको दाबी गरे ।

मुख्यमन्त्री गुरुङले जन्मथलो लमजुङको गिलुङमा दशैं मनाउदै छन । यसपालि सबै मिलेर कोरोनालाई जित्न सके अर्को बर्ष फेरी हर्षाेल्लासका साथ दशैं मनाउन सकिने आशा व्यक्त गरे । दशैं पर्वको प्रदेशवासीलाई शुभकामना दिदैं कोरोनाको उपचार र ब्यवस्थापनमा प्रदेश सरकार कटिवत्त रहेकाे मुख्यमन्त्री गुरुङले बताए ।