यी पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     पौष १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ पुस । यी पाँच बैंक तथा वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज पुस १८ गते अन्तिम दिन बाँकी रहेकाे छ ।सिभिल बैंक, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, पोखरा फाइनान्स, आइसिएफसि फाइनान्स र सिवाईसी नेपाल लघुवित्तकाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन बाँकी रहेकाे हाे ।

यी कम्पनीहरुले साधारण सभा तथा लाभांश प्रयोजनका लागि पुस १९ गते मंगलबार बुक क्लोज गर्ने भएकाेले । सेयरधनीहरुले लाभांश सुरक्षित गर्न का लागि आजसम्म सेयरधनी बन्नुपर्नेछ ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट २.४० प्रतिशत बोनस सेयर र ५.२० प्रतिशत नगदसहित ७.६० प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ । साे उक्त लाभांश पारित गर्नका लागि फाइनान्सकाे साधारण सभा पुस २९ गते डाकिएकाे छ । साधारण  सभा फाइनान्सको रजिष्टर्ड कार्यालय, डिल्लीबजारमा पूर्वान्ह १० बजे डाकिएकाे छ।

पोखरा फाइनान्स

पोखरा फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.२१ प्रतिशत नगद लाभांशसहित ४‍.२१ प्रतिशत वितरण गर्नेछ । साे लाभांश पारित गर्नका लागि फाइनान्सले पुस ३० गते साधारण सभा डाकेकाे छ । साधारण सभा पोखरास्थित दरबारथोक ब्याङक्वेटमा पूर्वान्ह ९ बजे बाेलाइएकाे छ ।

सिभिल बैंक

सिभिल बैंकले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र करकाे प्रयाेजनार्थ ०.२६ प्रतिशत नगद लाभांशसहित ५.२६ प्रतिशत लाभांश वितरण गर्नेछ । साे प्रस्ताव पारित गर्न बैंककाे साधारण सभा पुस २८ गते अमृतभोग, कालिकास्थान काठमाडौंमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ ।

आइसिएफसि फाइनान्स

आइसिएफसि फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगदसहित १० प्रतिशत लाभांश वितरण गर्ने भएकेा छ । यसका लागि फाइनान्सले पुस २९ गते वार्षिक साधारण सभा डाकेकाे छ । सभा अमृतभोग, कालिकास्थान काठमाडौंमा पूर्वान्ह १० बजे बाेलाइएकाे छ ।

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर र साेकाे कर प्रयोजनका लागि १.५८% नगद लाभांशसहित ३१.५८ प्रतिशत लाभांश वितरण गर्नेछ ।

साे लाभांश पारित गर्नका लागि संस्थाले पुस ३० गते वार्षिक साधारण सभा बाेलाएकाे छ । साधारण सभा पोखरा महानगपालिका वडा नं–८ सभागृहचोक रहेकाे केन्द्रीय कार्यालयमा पूर्वान्ह ११ बजे डाकिएकाे छ ।