
काठमाडौं, १८ पुस । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । यसरी स्थिर रहेको सुनचाँदी आईतबारकै भाउमा खरिदबिक्री भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन तोलाको १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि आईतबार पनि छापावाल सुनको भाउ तोलाको १ लाख १ हजार ७ सय रुपैयाँ कायम भई कारोबार भएको थियो ।
तेजाबी सुनको भाउमा पनि यसदिन कुनै फेरबदल भएको छैन । आज तेजाबी सुन आईतबारकै भाउ तोलाको १ लाख १ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
महासंघका अनुसार चाँदीको भाउ पनि स्थिर रहेर कारोबार भईरहेको छ । चाँदी आज तोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भएको हो । आईतबार पनि सेतो धातु चाँदीको भाउ तोलाको १ हजार ४ सय रुपैयाँ नै कायम भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




