
काठमाडौं, १० कात्तिक । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले मूल श्रष्टा बुद्धि परियारको संकलनमा रहेको निकै चर्चित लोक गीत रेशम फिरिरि गाएकी छन् । उनले वडादशैंको अवसरमा आज गरेको ट्वीटमा ‘सबैमा शौभाग्य र खुशी ल्याओस् ! भन्दै कामना समेत गरेकी छन् ।
नेपालमा पर्यटकले पनि निकै रुचिकासाथ सुन्ने गरेको र अन्तराष्ट्रिय फोरमहरुमा समेत गाईने सुनाईने गरेको रेशम फिरिरि गीत धेरैलाई मन पर्छ । जुन गीतमा भएको वास्तविक नेपालीपन, मिठास, आग्र्यानिक लवज र क्षेत्रगत पहिचानको कारण सबैको मन आकर्षित गरेको हुनुपर्छ ।
यो गीतलाई यूरोप, अमेरिका, जापान र कोरियाली मूलका कलाकार वा व्यक्ति विशेषले बेला मौकामा गाएर भरपूर मनोरञ्जन लिएका पाईन्छ । यति मात्रै होईन नेपालका प्रचलित लोक धूनहरुका संग्रहमा संग्रहित धूनहरुमा वा गीतमा पूरानो यो गीत अहिले पनि ताजा नै लाग्ने गर्छ ।
यो गीतसंगको पछिल्लो सम्वन्ध चीनियाँ राजदूतसंग पनि जोडिएर आएको छ । केहि दिन लगाएर, साथीहरुसंग सिकेर उनकै स्वरमा सामाजिक संजालबाट बाहिर आएको छ । यो उनको रहरले मात्रै गाएर बाहिर ल्याईएको होईन । दुई देशबीचको मित्रवत् सम्वन्धका लागि अर्थपूर्ण पनि रहेको छ ।

नेपालीको महान पर्व वडादशैंको दिनमै कोरोनाको कहरकाबीच आआफ्नै घरमा पर्व मनाउन वाध्य भएका नेपालीका लागि चीनियाँ राजदूत होउ यान्छीले रेशम फिरिरि गीत गाएर नेपालीलाई शुभकामना व्यक्त गरिन । राजदूत यान्छीले गीतलाई ट्वीटरमा भिडियो अपलोड पनि गरिन । उनले ट्वीटरमा लेखेकी छन्, मेरा सहकर्मि र मैले नेपाली गीत रेशम फिरिरि अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं । यसले सबैमा शौभाग्य र खुशी ल्याओस् !
यो गीतका मूल श्रष्टा पोखराका बुद्धि परियार हुन् । उनको संकलनमा रहेको यो गीत ७० को दशकमा रेडियो नेपालमा द्वारिकालाल जोशी र साथीहरुको स्वरमा रेकर्ड भएको थियो ।
यहि गीतलाई बुद्धि परियारका छोरा चर्चित गायक धर्मेन्द्र सेवानले पनि बुबाको सम्झनालाई जिवन्त बनाईरहन पुनःगाएका छन् । नेपालको सांगीतिक, सांस्कृतिक र पर्यटन क्षेत्र मात्र होईन विदेशी पर्यटकका लागि पनि सार्वधिक प्रिय गीत हो ।
चीनियाँ राजदूतले रेशम फिरिरि गाउनुले नेपाल चीनबीचको सम्वन्धलाई प्रगाढ बनाउन कामयाबी भएको मान्न सकिन्छ । यो मात्रै होईन बिगतमा दिनमा पनि नेपालका विभिन्न पर्व तथा दिवशको अवसरमा उनले सांस्कृतिक, प्राकृतिक सम्पदाहरुको फोटो पनि सामाजिक संजालमार्फत बाहिर ल्याउने गरेकी थिइन ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



