चालुपुँजी कर्जा मार्गदर्शनमा संशोधनको संकेतसँगै सेयर बजारमा चमक

-



     सफल आवाज    
     पौष २० गते २०७९ मा प्रकाशित



काठमाडौं, २० पुस । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा चमक देखिएको छ । नेप्सेमा अर्ध शतक बढीको पारि देखिएको छ । सेयर बजारमा आएको सकारात्मक दृश्यले लगानीकर्तालाई उत्साही बनाएको छ ।

नेपाल राष्ट्र बैंकले चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ संशोधन गर्ने मनसाय देखाएपछि सेयर बजारमा चमक देखिएकाे हाे । प्रधानमन्त्री प्रचण्डकाे निर्देश गरेपछि राष्ट्र बैंकले चालु सम्पत्ति र वार्षिक काराेबारकाे आधारमा मात्रै चालु पूँजी कर्जा पाइने व्यवस्थालाई तत्कालका लागि कार्यान्वयनमा नल्याउने भएको छ ।

पछिल्ला दिनहरुमा अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्री, अर्थमन्त्री तथा राष्ट्र बैंकले उपयुक्त कार्यदिशाको खोजिरहेका छन् । निजी तथा उद्योग व्यवसायको क्षेत्रबाट निरन्तर भेटघाट र छलफल पनि भईरहेका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६४.८७ अंकले बढेर २१२५.९४ विन्दुमा उक्लिएको छ । नेप्सेमा ३.१५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १४.०९ अंकले बढेर ४०८.७२ विन्दुमा पुगेकाे छ ।

यसदिन कुल २५८ कम्पनीको सेयर कारोबार भएको छ । ८७ लाख ३३ हजार ५४२ कित्ता सेयरको कारोबार भएको छ । यसबाट ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसदनि १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । उनीहरु सबैको सेयर बढेको छ । कारोबारको आधारमा सबैभन्दा धेरै हिमालयन डिष्टिलरी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ११ करोड ५२ लाख ७४ हजार ९२८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार साल्ट ट्रेडिङ कर्पोरेशनको सेयरमूल्य सबैभन्दा धेरै १० प्रशितले बढेको छ । सबैभन्दा धेरै १० प्रतिशत नेपाल एसबिआई बैंक डिबेन्चर २०८६ को सेयरमूल्य १.९९ प्रतिशतले घटेको छ ।