
काठमाडौं, २१ पुस । सुनको भाउ लगातार उकालो लागिरहेको छ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार पनि नेपाली बजारमा सुनको भाउ अझैं उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनको भाउमा रुपैयाँ २ सयले बढेको छ । चाँदीको भाउमा १५ रुपैयाँले गिरावट भएको छ ।
यसदिन छापावाल सुनमा रुपैयाँ २ सयले बढेर तोलाको १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनमा पनि बिहिबार रुपैयाँ २ सयले बढेर तोलाको १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार यसदिन चाँदीको भाउमा रुपैयाँ १५ ले गिरावट भई तोलाको १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदीको भाउ तोलाको १ हजार ४ सय रुपैयाँ कायम भई कारोबार भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




