शुक्रबार घट्यो सुन र चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार

-



     सफल आवाज    
     पौष २२ गते २०७९ मा प्रकाशित



काठमाडौं, २२ पुस । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ८ सय तथा चाँदीमा रुपैयाँ २० ले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि छापावाल सुन तोलाको १ लाख २ हजार ३ सय रुपैयाँ कायम भई कारोबार भईरहेको जनाएको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबि सुन तोलाको १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन तोलामा रुपैयाँ २० ले घटेर तोलाको १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।