काठमाडौं, २४ पुस । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । १३ उपसमूहहरुमध्ये ३ वटा बाहेक सबैमा हरियो लागेको छ । उनीहरु सबैको सेयर बढेको छ । यसदिन तीन उपसमूहरु बैंकिङ, उत्पादन तथा लघुवित्ततर्फ गिरावट भएको छ ।
केहि दिनदेखिको सेयर बजारको उकालोको यात्राले लगानीकर्ताहरु उत्साही बनेका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २०.५५ अंकले बढेर २१६४.५५ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.९६ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ४११.२३ विन्दुमा पुगेको छ ।
कुल २५९ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड ४१ लाख ९८८ कित्ता सेयरको कारोबारबाट ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार १ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कुल १३ उप समूहहरुमध्ये तीन वटामा रातो लागेको छ । उनीहहरुको सेयर बढेको छ । बाँकी १० वटामा हरियो लागेको छ । उनीहरु सबैको सेयर बढेको छ ।
यसदिन हिमालयन डिष्टिलरी लिमिटेडको कारोबार सबैभन्दा बढी भएको छ । कम्पनीको २१ करोड २९ लाख ५२ हजार ५११ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै खप्तड लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बृद्धि भएको छ । सबैभन्दा धेरै बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडको सेयरमूल्य ४.२५ प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




