अपि पावरको कात्तिक १४ गतेदेखि हकप्रद शेयर निष्कासन हुँदै

-



     सफल आवाज    
     कार्तिक ११ गते २०७७ मा प्रकाशित



काठमाडौं, ११ कात्तिक । अपि पावर कम्पनीले कात्तिक १४ गतेदेखि हकप्रद शेयर निष्कासन हुन लागेको छ । मंसिर ४ गतेसम्म आवेदन खुला हुनेछ । कम्पनीका अनुसार ४७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागिएको छ । १ सय रुपैयाँ अंकित मूल्यको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर खुला गरिने भएको हो ।

कम्पनीले २०७६ चैत्र १ गते शेयरधनी दर्ता पुस्तिका बन्द गरिसकेको छ । २०७६ साल फागुन ३० गतेसम्म कायम भएका शेयरधीनहरुले हकप्रद शेयरका लागि आवेदन गर्न सक्ने भएका छन् । यसका लागि बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

लगानिकर्ताले सिद्धार्थ क्यापिटल, अपि पावर कम्पनी, ट्र्रेड टावर थापाथलीबाट आवेदन दिन सक्नेछन् । सिद्धार्थ बैंकका शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी तथा सुर्खेतबाट हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । यस्तै, ग्लोबल आइएमई बैंक दार्चुलाको गोकुलेश्वर, नौगडा, खलंगा र बैतडी शाखाबाट पनि आवेदन दिन सकिने भएको छ ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ९ करोड ७ लाख रहेको छ । हकप्रद शेयरको बिक्रीपछि चुक्ता पूँजी १ अर्ब ७५ करोड बढी हुनेछ ।