सुन तोलाको १ लाख ३ हजार ९ सय पुग्यो, चाँदीमा पनि बृद्धि

-



     सफल आवाज    
     पौष २५ गते २०७९ मा प्रकाशित



काठमाडौं, २५ पुस । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ६ सयले बृद्धि भएर तोलाको १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १० ले बृद्धि भएर तोलाको १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।