धारिलो हतियार प्रहार गरी एकको हत्या, एक घाइते

-



     सफल आवाज    
     कार्तिक ११ गते २०७७ मा प्रकाशित



अछाम, ११ कात्तिक । अछामको ढकारी गाउँपालिका–३ गढीहाले बजार नजीकै धारिलो हतियार प्रहार गरी २० वर्षीय देवेन्द्र थापाको हत्या गरिएको छ । अर्का १६ वर्षीय रुद्र थापा घाइते भएका छन्।

हत्यामा संलग्न भएको आशंकामा अछाम प्रहरीले ढकारी गाउँपालिकाकै नरेन्द्रबहादुर बुढालाई पक्राउ गरेको छ ।

मंगलबार बिहान देवेन्द्रको शव तथा उनीसँगै रुद्र गम्भीरावस्थामा फेला परेका थिए । घाइतेलाइ थप उपचारका लागि कोहलपुर पठाइएको प्रहरीले जनाएको छ ।