बढ्दैछ सेयर बजारमा चहलपहल, नेप्से पुग्यो २२११.७६ विन्दुमा

-



     सफल आवाज    
     पौष २५ गते २०७९ मा प्रकाशित



काठमाडौं, २५ पुस । आज पनि सेयर बजारको उकालोको यात्रा अझैं माथि गएको छ । यो सजिलै २२११.७६ विन्दुमा उक्लिएको छ ।

साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेप्से परिसूचक अर्धशतकको नजिक पुग्यो अर्थात नेप्सेमा ४७.१५ अंकले बढेर २२२१.७६ विन्दुमा पुगेको हो । नेप्सेमा २.१८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स पनि ८.६८ अंकले बढेर ४१९.९१ विन्दुमा पुगेको छ ।

यसदिन एउटा मात्र उपसमूह होटल तथा पर्यटन उपसमूहमा रातो लागेको छ अर्थात सेयर घटेको छ । अन्य सबै १२ वटै उपसमूहरुमा हरियो लागेको छ । उनीहरु सबैको सेयर बढेको छ ।

सोमबार २५७ कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड ४६ लाख ७६ हजार २०६ कित्ता सेयरको खरिदबिक्रीबाट ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार ८५३ रुपैयाँ ४३ पैसा बराबरको कारोबार भएको छ ।

यसदिन सबैभन्दा बढी रिडी पावर कम्पनीको कारोबार भएको छ । कम्पनीको २० करोड ६८ लाख १७ हजार ४५८ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

कारोबारका आधारमा बरुण हाईड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा बढी स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ३.५७ प्रतिशतले घटेको छ ।

दैनिक रुपमा नेप्सेमा देखिएको सकारात्मक वातावरणले लगानीकर्ताहरुलाई पुनः सक्रिय बनाउने चरा शुरु भएको आकलन गरएिको छ । पछिल्ला क्रममा कारोबार रकममा पनि बृद्धि हुन थालेपछि यसले बजारलाई चलायमान बनाउन सहयोगि भूमिका निर्वाह गरेको मान्न सकिन्छ ।

बितेको डेढ वर्ष सेयर बजारको खराब माहोलले निरासा मात्रै दिएकोमा सन २०२३ शुरु र यहीबीचमा बनेको नयाँ सरकारले बजारमैत्री तथा अर्थतनन्त्र सुधारको पक्षमा आफु लागिपर्ने बताएछि बजारमा हरियाली वातवरण छाउन लागेको हो ।

अघिल्लो सरकारले सेयर बजारलाई उचित संवोधन गर्न नसकेको कारण लगानीकर्ताहरु भड्किएका थिए । उनीहरुको मनोवल गिरेको थियो भने घट्दो बजार सेयरको भाउ सस्तिएको थियो ।

तर अघिल्लो सरकारको लगत नीति र लगानीकर्तामैत्री संवोधन बिपरित नयाँ सरकार बनेसंगै सरकारले यसका लागि प्रतिवद्ध रहेको बताएपछि लगानी बढ्दैछ भने कारोबार पनि बढ्न थालेको छ ।

यही समयमा राष्ट्र बैंकले चाल पुँजी कर्जामा लचकता देखाउँदै पहिलो संशोधन पनि प्रकाशमा ल्याईसकेकोले निजी क्षेत्रलाई उत्साही बनाएको छ ।

पछिल्ला दिनहरुमा बैंकिङ प्रणालीमा तरलता सहज हुन लागेपछि बैंकको ब्याजदर घट्ने अपेक्षा बढाएको छ । यही यसो भयो भने सेयर बजारले बुम हुने मौका पाउने छ ।