नेप्सेमा दोहोरो अंकको गिरावट, साढे ७ अर्बको कारोबार

-



     सफल आवाज    
     पौष २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ पुस । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारको केही दिनदेखिको उकालोको यात्रामा ब्रेक लागेको छ ।

लगातार उकालो लाग्दै आएको नेप्सेको आजको ओरालोको यात्राले लगानीकर्तालाई फेरि नकारात्मक लयमा जान्छ कि भन्ने शंका उब्जाएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २१.३५ अंकले घटेर २१९०.४२ विन्दुमा झरेको छ । नेप्सेमा ०.९७ प्रतिशतले घटेको छ भने सेन्सेटिभ इण्डेक्स ०.७५ अंकले घटेर ४१९.१६ विन्दुमा पुगेको छ ।

यसदिन कुल २५४ कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको २ करोड ८ लाख ४३ हजार ९५२ कित्ता सेयरको कारोबारबाट ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार ५७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो कारोबार पूर्व सरकारको पालाभरीको भन्दा हाल बनेको नयाँ सरकारको पालाको अहिलेसम्मकै उच्च कारोबार हो । १३ उपसमूहमध्ये दुईटामा मात्रै हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । बाँकी ११ उपसमूहहरुमा रातो लागेको छ । उनीहरुको सेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी न्यादी ग्रुप पावर लिमिटेडको २१ करोड २१ लाख १ हजार ४३६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै बाराही हाइड्रोपार पव्लिक लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै तारा गाउँ रिजेन्सि होटल लिमिटेडको सेयरमूल्य ८.७४ प्रतिशतले घटेको छ ।