
काठमाडौं, २७ पुस । आइएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य नेपाल स्टक एक्सचेञ्जमा समायोजन भएको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेले कम्पनीकाे सेयरमूल्य समायोजन गरी नयाँ मूल्य कायम गरेकाे छ ।
इन्स्योरेन्सको ६ प्रतिशत बोनस सेयर समायोजन भएकाे हाे । सेयर समायोजन भएपछि इन्स्योरेन्सको सेयरमूल्य ५०० रुपैयाँ २८ पैसा निर्धारण भएकाे छ। कमपनीकाे अघिल्लो कारोबार भएकाे दिनको अन्तिम मूल्यका आधार बनाएर सेयरमूल्य समायोजन गरिएकाे हो।
मंगलबार कमपनीकाे सेयरकाे अन्तिम कारोबार प्रतिकित्ता ५३० रुपैयाँ ३० पैसामा भएकाे थियाे । बिहिबार इन्स्योरेन्सको नयाँ कायम भएकाे मूल्यलाई आधार मानेर दोस्रो बजारमा कारोबार खुल्ने भएकाे छ।
कम्पनीकाे २५औँ साधारण सभा माघ ९ गते, होटल लि हिमालय, लाजिम्पाटमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । सभामा ६ प्रतिशत बोनस सेयर तथा करकाे प्रयोजनका लागि ०.३१ प्रतिशत नगद लाभांशसहित ६.३१ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित हुनेछ ।
सभाबाट कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन, लेखापरीक्षककेा नियुक्ति तथा पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरुमाथि छलफल गरी पारिने गरिने भएकाे छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




