
काठमाडौं, २७ पुस । माघदेखि वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर घट्ने भएकाे छ । नेपाल बैंकर्स संघकाे बैठकले निक्षेपको ब्याजदर घटाउने सहमति गरेको बताएकाे छ ।
बैंकहरुबीचकाे भद्र सहमति अनुसार अब निक्षेपको ब्याजदर ११ प्रतिशत मात्र हुनेछ । संस्थागत निक्षेपको ब्याजदर भने ९ प्रतिशतमा झारिएको छ। हाल बैंकहरुले व्यक्तिगत निक्षेपको ब्याजदरमा १२.१३ प्रतिशत र संस्थागत निक्षेपमा १०.१३ प्रतिशतकाे ब्याज कायम गरेका थिए । निक्षेपको ब्याजदर घटेपछि अब कर्जाकाे ब्याजदर पनि घट्ने देखिएकाे छ ।
वाणिज्य बैंकहरूकाे याे निर्णयसँगै बिकास बैक र फाइनान्स कंपनीहरूले पनि ब्याजदर घटाउने बिषयमा छलफल गरिरहेकाे बुझिएकाे छ । तर घटेकाे ब्याजदर कति हुने भन्ने बिषयमा टुङ्गाे लागिनसकेकाे एक बिकास बैकका प्रमुख कार्यकारी अधिकृतले बताए ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




