
काठमाडौं, २९ पुस । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको एघारौं वार्षिक साधारण सभा हालै सम्पन्न भएको छ । साधारणसभाले ४० प्रतिशत लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पारित गरेको छ । गत पुस २८ मा होटेल क्राउन इम्पेरियल, काठमाडौंमा सम्पन्न बैठकले ३८ प्रतिशत बोनस सेयर तथा त्यसैको कर प्रयोजनका लागि २ प्रतिशन नगद लाभांश गरी ४० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।
उक्त परिमाणको बोनस सेयर बितरण गरेपछि कम्पनीको चुक्ता पुँजी ७८ करोड ३३ लाख ७५ हजार ७६८ रूपैयाँ पुग्ने बताइएको छ । पुँजी वृद्धि मार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापना गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने साथै नेशनल पेमेन्ट स्वीच अन्तरगतको हाल कार्यान्वयनमा रहेको पूर्वाधार विस्तार गर्न उक्त पुँजी प्रयोग गर्ने कम्पनीको भनाइ छ ।
साधारणसभामा पेश भएको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/७९ मा कम्पनीबाट फर्छ्यौट भएका कारोबारहरुको संख्या ५७ प्रतिशतले वृद्धि भएसँगै कम्पनीको खुद नाफा ४० प्रतिशतले वृद्धि भएको छ । यसैगरी आर्थिक वर्षको अन्त्यमा जम्मा इक्विटीमा २४.५ प्रतिशत प्रतिफल प्राप्त गर्न सफल भएको छ भने नेटवर्थ प्रति शेयर २५५ रूपैयाँ कायम भएको छ ।
यो नेपाल राष्ट्र बैंक, वाणिज्य बैंकहरु, विकास बैंकहरु र फाइनान्स कम्पनीहरु मार्फत प्रवर्द्धित कम्पनी हो । यसमा नेपाल राष्ट्र बैंकको १० प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९० प्रतिशत स्वामित्व रहेको छ ।
राष्ट्रिय स्तरको भुक्तानी तथा राफसाफको प्रणाली स्थापना तथा सञ्चालन गर्ने यो कम्पनीले एनसीएचएल इसीसी, एनसीएचएल आईपीएस र आरपीएस लगायतका भुक्तानी प्रणालीहरु मार्फत आ।व। २०७८/७९ मा कुल १५७.५ खर्ब बराबरको ७.०४ करोड भुक्तानी कारोबारहरु राफसाफ गरेको थियो ।
आर्थिक वर्ष २०७८/७९ मा ५९ सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ६ हजार २१२ शाखाहरुबाट कम्पनीले आफ्ना सेवाहरु प्रदान गरिरहेको छ भने कम्पनीमा ७३ गैर–बैंकिङ संस्थाहरु अप्रत्यक्ष वा प्राविधिक सदस्यको रुपमा आवद्ध रहेका छन् ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




