प्राइम, गुराँस र यूनियन लाइफ मर्जरपछी हिमालयन लाइफ इन्स्योरन्स हुँदै

-



     सफल आवाज    
     माघ २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ माघ । तीनवटा लाइफ इन्स्याेरेन्सकाे मर्जर सम्बन्धि अन्तिम सम्झौता भएपछि नयाँ बन्ने कम्पनीकाे नाम हिमालयन लाइफ इन्स्योरन्स लिमिटेड हुने भएकाे छ ।

प्राइम लाइफ इन्स्याेरेन्स, गुराँस लाइफ इन्स्याेरेन्स र यूनियन लाइफ इन्याेरेन्सले मर्जर सम्बन्धि अन्तिम सम्झौता सम्पन्न गरेका छन् ।

नयाँ कम्पनीकाे प्रमुख कार्यकारी अधिकृतमा मनोजलाल कर्ण रहने भएका छन् । कर्ण युनियन लाइफका सीईओ हुन् । कम्पनीकाे नायब प्रमुख कार्यकारी अधिकृतमा गुराँस लाइफका सीइओ विपिन लाल कर्ण र प्राइम लाइफका निर्मल दाहाल रहने भएका छन्।

तीनवटै कम्पनीबीच १:१ काे रेसियाेमा मर्जर हुँदैछ भने यसपछि चुक्ता पुँजी सात अर्बभन्दा बढी हुनेछ । हाल प्राइम लाइफको चुक्ता पूँजी दुई अर्ब ७७ करोड, गुराँसको दुई अर्ब ८ करोड तथा युनियन लाइफको दुई अर्ब १५ करोड रूपैयाँ रहेकाे छ।

तीनवटै कम्पनीहरुबीच गएकाे वैशाख २९ गते गाभिने विषयमा सहमति कायम भएकाे थियाे ।