बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो तोलाको ?

-



     सफल आवाज    
     माघ २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ माघ । साताको दोस्रो दिन आज सोमबार सुन र चाँदी दुवैको भाउ बढेको छ । आज छापावाल सुनमा २ सय रुपैयाँ तथा चाँदीमा १० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनमा २ सय रुपैयाँले बढेर तोलाको १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाल सुनको भाउ तोलाको १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा २ सय रुपैयाँले बढेर तोलाको १ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन तोलाको १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भएकाे थियाे ।

महासंघका अनुसार आज चाँदीमा पनि १० रुपैयाँले बढेर तोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार चाँदी तोलाको १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।