
काठमाडौं, २ माघ । नेपालमा चालु आर्थिक वर्षको शुरुवाती ५ महिना अर्थात् मंसिर मसान्तसम्म विभिन्न देशबाट ६ खर्ब ६४ अर्ब ७४ करोड ४५ लाख रुपैयाँ बराबरका मालसामान आयात भएका छन् । यस्ता मालसामान देशका विभिन्न नाका हुँदै भित्रिएका हुन् ।
यीमध्ये ६१.६ प्रतिशत हिस्सा सबैभन्दा धेरै आयात भएका उत्कृष्ट २० शीर्षकका मालसामानले ओगटेका छन् भने बाँकी ३८.४ प्रतिशत अन्य विविध शीर्षकका मालसामानको रहेको हालै राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्षको मंसिर महिनासम्मको स्थूल वित्तीय तथ्याङ्ले देखाएको छ ।
यो ५ महिनामा सबैभन्दा बढी १ खर्ब २१ अर्ब २१ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यसैगरी दोस्रो नम्बरमा २९ अर्ब २४ करोड २४ लाख बराबरको आयात भएको तथ्याङ्कले देखाएको छ ।
यही अवधिमा यही अवधिमा यातायातका उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्ट आयातमा २८ अर्ब २३ करोड १६ लाख रुपैयाँ बाहिरिएको छ । यसैगरी २६ अर्ब ८३ करोड ५१ लाख बराबरको सुन आयात भएको छ । सूचीको पाँचौं नम्बरमा कच्चा भटमासको तेल परेको छ जसको आयातका लागि २० अर्ब ७२ करोड २० लाख रुपैयाँ देशबाहिर गएको छ।
यस्तै यो अवधिमा २० अर्ब ३० करोड ५५ लाख बराबरको औषधि भित्रिएको छ । यसका साथै दूरसञ्चार उपकरण तथा पार्टपुर्जाहरु १६ अर्ब ५६ करोड ८५ लाख बराबरको, रासायनिक मल १५ अर्ब १५ करोड ९७ लाख बराबरको, १५ अर्ब १७ करोड १३ लाख बराबरको स्पञ्ज आइरन तथा १४ अर्ब ३३ करोड ७० लाख बराबरको कच्चा पाम आयल आयात गरिएको विवरणमा उल्लेख छ।
यस्तै ८ अर्ब २३ करोड ४२ लाख बराबरको एमएस बिलेट, ९ अर्ब ३२ करोड ९८ लाख बराबरको कोइला, ८ अर्ब १४ करोड ६८ लाख बराबरको तरकारी, ७ अर्ब ३१ करोड १० लाख विद्युतीय उपकरण, १२ अर्ब ५५ करोड ५८ लाख बराबरको धान/चामल, १० अर्ब ४८ करोड २६ लाख बराबरको टेक्सटाइल सामग्री, ११ अर्ब ३३ करोड ९९ लाख बराबरको तयारी लत्ताकपडा आयात गरिएको छ ।
९ अर्ब ९७ करोड ३५ लाख बराबरको धागो तथा १३ अर्ब ७५ करोड ६१ लाख बराबरको बेरिएको स्टीलको पाइप भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । यसबाहेक नेपालमा यो ५ महिनामा ४ अर्ब ८७ करोड रुपैयाँ बराबरको बिजुली पनि आयात भएको देखिएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




