प्रि ओपन सेसन: नेप्से साढे २ अंकले बढ्यो

-



     सफल आवाज    
     माघ ३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ माघ । साताको तेस्रो कारोबार हुने दिन आज मंगलबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंकले बढेको छ ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार नेप्से ४१.०४ अंक घटेर २१४९.३९ विन्दुमा बन्द भएको थियो । आजको यो सेसनमा भने २.६६ अंक बढेर २१५२.०४ विन्दुमा पुगेको छ । आजको यो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.७९ अंकले बढेको छ ।

आज मंगलबारको प्रि ओपन सेसनमा २९ वटा स्टकको २१ लाख ३ हजार २६१ रुपैयाँ ७९ पैसा बराबरको ६ हजार ३१७ कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये १९ वटा स्टकको मूल्य बढेको छ भने ८ वटा स्टकको मूल्य घटेको छ । बाँकी २ वटा स्टकको मूल्य स्थिर रहेको छ ।