काठमाडौं, ३ माघ । साताको सेयर कारोबार हुने तेश्रो दिन नेपाली सेयर बजारकाे माहौल सकारात्मक देखिएको छ । केहि दिनको बिदापछि खुलेको सेयर बजारको उकालोको यात्राले लगानीकर्ताको मनोबल बढाएको छ ।
यसदिन बैंकिङ उपसमूह बाहेक सबैमा हरियो लागेको छ र उनीहरु सबैको सेयर बढेको छ । कारोबार रकम भने अघिल्ला दिनहरुमा भएको कारोबारभन्दा केहि कम देखिएको छ ।
सेयर बजारका जानकारहरुले बजारले सकारात्मक बाटो समातेकोले अब बढ्ने अपेक्षा गरेका छन् । सेयर बजार बैंकको बढ्दो ब्याजदरबाट सधैं हच्किने गरेकाे छ । माघ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाएको कारण बजार थप सकारात्मक हुने विश्वास लिईएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३२.७२ अंकले बढेर २१८२.११ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.५२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ४.५८ अंकले बढेर ४१५.८३ विन्दुमा पुगेको छ ।
यसदिन कुल २५० कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड १८ लाख ८३ हजार २८७ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५८७ रुपैयाँ ७६ पैसा बराबरको कारोबार भएको छ ।
१३ उपसमूहरुमध्ये बैंकिङ उपसमूहमा रातो लागेको छ । यो समूहको सेयर घटेको छ । बाँकी रहेका १२ वटै उपसमूहमा हरियो लागेको छ । उनीहरु सबैको सेयर बढेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी अपि पावर कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको २३ करोड २६ लाख ८ हजार ३८८ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको हो ।
सबैभन्दा बढी ग्रिन भेन्चर्स लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै प्रभु सेलेक्ट फण्डको गुमेको छ । सो फण्डको सेयरमूल्य ८.४५ प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




