सुनचाँदीको भाउ घट्ने क्रम जारी, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     माघ ४ गते २०७९ मा प्रकाशित



काठमाडौं, ४ माघ । साताको चौथो दिन आज बुधबार पनि सुन र चाँदी दुवैको भाउ घटेकाे छ । आज छापावाल सुनमा ६ सय रुपैयाँ तथा चाँदीमा १५ रुपैयाँले गिरावट आएको छ । लगातार ४ दिनदेखि उकालो लाग्दै आएको सुनचाँदीको भाउ हिजो मंगलबारदेखि घट्न थालेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनमा ६ सय रुपैयाँले घटेर तोलाको १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको १ लाख ५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा ६ सय रुपैयाँले नै घटेर तोलाको १ लाख ४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएकाे थियाे ।

महासंघका अनुसार आज चाँदीमा पनि १५ रुपैयाँले घटेर तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार चाँदी तोलाको १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।