झिनाे अंकले घट्याे नेप्से, काराेबार रकम ३ अर्ब माथि

-



     सफल आवाज    
     कार्तिक १३ गते २०७७ मा प्रकाशित



काठमाडौं, १३ कात्तिक । साताकाे अन्तिम काराेबार दिन बिहीबार सेयर काराेबार मापक नेप्सेे परिसूचक १.७८ अंकले घटेर १६४५.६७ विन्दुमा अडिएको छ । १९२ कम्पनीको ३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

१ करोड कित्ताभन्दा बढी सेयर खरिदबिक्री भएको छ । १२ समूहको कारोबार भएकामा ६ समूहका सूचक बढेका छन् भने बाँकी ६ वटा तल झरेका छन् । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक ३९.८९ अंकले बढेको छ । वाणिज्य बैंक समूहको सूचक ६.२७ अंकले घटेको छ ।