
काठमाडौं, ४ माघ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजार ओरालो लागेको छ।अधिकांश सूचकांकहरुमा गिरावट भएपनि कारोबार रकम भने ५ करोडको हाराहारीमा पुगेको छ ।
बुधबार ४ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । लगानीकर्ताहरुले नाफा बुक गर्दा गिरावटको दृश्य देखिए पनि हाईड्रोपावरतर्फ उनीहरुको आकर्षण बढेकाे देखिएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ९.०१ अंकले घटेको छ । यसरी घटेको परिसूचक २१७३.१० विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स भने १.९३ अंकले घटेर ४१३.९० विन्दुमा रहेको छ । नेप्सेमा यसदिन ०.४१ प्रतिशतले गिरावट भएको हो ।
यसदिन कुल २४८ वटा कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड ३३ लाख ४ हजार १४० कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार ६०२ रुपैयाँ ६५ पैसा बराबरको कारोबार भएको छ ।
१३ उपसमूहरुमध्ये तीन वटामा हरियो लागेको छ । उनीहरु सबैको सेयर बढेको छ । विकास बैंक उपसमूहतर्फ १८.१७ अंकको बृद्धि भएको छ । हाईड्रोपावरतर्फ २२.२३ अंकको र म्युचुअल फण्डतर्फ ०.०३ अंकको बृद्धि भएको छ । बाँकी सबै १० वटा उपसमूहरुमा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी रिडी पावर कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३५ करोड ७८ लाख ५४ हजार ५३९ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेशनले गुमाएको छ । कम्पनीको सेयरमूल्य ७.८९ प्रतिशतले घटेको छ ।
पछिल्ला दिनहरुमा नेप्सेको गति सकारात्मक बन्दै गएको कारण कारोबारमा सुधार भईरहेको मान्न सकिन्छ । बढ्दो कारोबार भएको कुल रकमकाे दृश्यले सेयर बजारको लय बलियो हुँदै गएको आकलन गर्न सकिन्छ । यो हुनु भनेको पुनः सेयर बजारमा लगानीकर्ताहरु सक्रिय भएको उदाहरण हो ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




