३ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कसकाे कति ?

-



     सफल आवाज    
     माघ ५ गते २०७९ मा प्रकाशित



काठमाडौं, ५ माघ । नेपाल स्टक एक्सचेञ्जमा ३ वटा कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । मेगा बैंक, गुराँस लाइफ इन्स्योरेन्स र रुरु जलविद्युत परियोजनको बाेनस नेप्सेमा सूचीकरण भएकाे हो ।

नेप्सेका अनुसार मेगा बैंकको ६४ लाख ४८ हजार १८४.५८ कित्ता सेयर नेप्सेकाे सूचीकरणमा परेकाे हाे । बैंकले गएकाे वर्षकाे नाफाबाट सेयरधनीहरूकाे लागि ४ प्रतिशत बोनस सेयर बाँडफाँड गरेको थियो । साेहि बोनस नै नेप्सेमा सूचीकृत भएको हो ।

गुराँस लाइफ इन्स्योरेन्सको १५ लाख ५१ हजार २०० कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले गएकाे आर्थिक वर्षको नाफाबाट ७.४४२५ प्रतिशत बोनस वितरण गरेएकाे थियो । साेहि बोनस नेप्सेमा सूचीकृत भएको हो ।

यसैगरी रू रु जलविद्युत परियोजनाको ४ लाख ४८ हजार ४७६.०५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले पनि गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । साेहि बाेनस सेयर नेप्सेमा सूचीकृत गरिएको हो ।

सूचीकरण भएकाे तीन वटै कम्पनीको बोनस सेयरधनीहरूको डिम्याटमा गएपछि दोस्रो बजारमा काराेबार गर्ने बाटाे खुल्नेछ ।