प्रि-ओपन सेसनमा कति बढ्यो नेप्से ?

-



     सफल आवाज    
     माघ ५ गते २०७९ मा प्रकाशित



काठमाडौं, ५ माघ । साताको अन्तिम कारोबार हुने दिन आज बिहीबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक २ अंकले वृद्धि भएको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो बुधबार नेप्से ९.०१ अंक घटेर २१७३.१० विन्दुमा बन्द भएको थियो । सोही परिसूचक आजको यो सेसनमा २.१९ अंक बढेर २१७५.२९ विन्दुमा पुगेको छ । आजको यो सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि ०.१५ अंकको बढोत्तरी भएको छ ।

आज बिहीबारको प्रि-ओपन सेसनमा २० वटा स्टकको ९ लाख ७३ हजार ५०६ रुपैयाँ बराबरको २ हजार २३३ कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये १३ वटा स्टकको मूल्य बढेको छ भने ४ वटा स्टकको मूल्य घटेको छ । बाँकी ३ वटा स्टकको मूल्य स्थिर रहेको पाइएको छ।