सुनको मूल्य तोलामा १ हजार घट्यो

-



     सफल आवाज    
     कार्तिक १३ गते २०७७ मा प्रकाशित



काठमाडाैं, १३ कात्तिक । आज सुनचाँदीको मूल्य घटेको छ । दशैंपछि भएको कारोबारको पहिलो दिन आज सुनचाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

महासंघका अनुसार सुन तोलामा १ हजार रुपैयाँ घटेको छ । छापावाला सुन प्रतितोला ९४ हजार ७०० सयमा कारोबार भएको छ । यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मूल्य आज तोलामा ५० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार १८० रुपैयाँमा कारोबार भएको छ । महासंघका अनुसार अन्तराष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेको छ ।