२३६४ मा कोरोना, ३०३८ जना निको

-



     सफल आवाज    
     कार्तिक १३ गते २०७७ मा प्रकाशित



काठमाडौं, १३ कात्तिक । नेपालमा गएको २४ घण्टामा २ हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७ सय ६९ पीसीआर परीक्षण गर्दा २ हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिएका हुन् । यो सहित नेपालमा कुल संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ । तीमध्ये हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ९५ छन् ।

यस्तै, सो अवधिमा ३ हजार ३८ जना निको भइ घर फर्केका छन् । हालसम्म निको हुनेको संख्या १ लाख २४ हजार ८ सय ६२ छन् । कुल संक्रमितमध्ये १७ जनाको ज्यान गएको छ । यो सहित मृत्यु हुनेको कुल संख्या ९ सय ४ पुगको छ ।