फेरि बढ्याे सुनचाँदीको भाउ

-



     सफल आवाज    
     माघ ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ माघ । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुन र चाँदीको दुवैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ । यसैगरी चाँदीको भाउ पनि २० रुपैयाँ बढेको छ ।

आज छापावाल सुनको भाउ ७ सय रुपैयाँले नै बढेर तोलाको १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीबार छापावाल सुनको कारोबार १ लाख ४ हजार ५ सय रुपैयाँमा भएको थियो ।

आज तेजाबी सुनमा पनि ७ सय रुपैयाँले वृद्धि भई तोलाको १ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीबार तेजाबी सुन तोलाको १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा आज २० रुपैयाँले बढोत्तरी भई तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी तोलाको १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको थियाे ।