घट्यो सुनको भाउ, चाँदीको स्थिर

-



     सफल आवाज    
     माघ ८ गते २०७९ मा प्रकाशित



काठमाडौं, ८ माघ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनको भाउमा गिरावट भएको छ । चाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनकाे भाउ रुपैयाँ २ सयले घटेको छ । चाँदीकाे भाउ शुक्रबारकै यथावत रहेकाे छ ।

छापावाल सुन यसदिन रुपैयाँ २ सयले घटेर तोलाको १ लाख ५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यससअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ २ सयले घटेर तोलाको १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ यसदिन स्थिर रहेर शुक्रबारकै भाउमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।