प्रि-ओपन सेसनमा ६ अंक हाराहारीले बढ्यो नेप्से

-



     सफल आवाज    
     माघ ९ गते २०७९ मा प्रकाशित



काठमाडौं‌, ९ माघ । साताको पहिलो कारोबार दिन आज सोमबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक ६ अंक हाराहारीले बढेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार नेप्से ५.७१ अंक बढेर २१७८.८१ विन्दुमा बन्द भएको थियो । आजको यो सेसनमा भने परिसूचक ५.९६ अंक बढेर २१८४.७७ विन्दुमा पुगेको हो । आजको यो सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि ०.७० अंकको वृद्धि भएको छ ।आ

आज सोमबारको प्रि-ओपन सेसनमा २९ वटा स्टकको २८ लाख ७२ हजार १०९ रुपैयाँ ८० पैसा बराबरको ७ हजार ६९८ कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये १७ वटा स्टकको मूल्य बढेको छ भने ९ वटा स्टकको मूल्य घटेको छ । बाँकी ३ वटा स्टकको मूल्य स्थिर रहेको पाइएको छ ।