शुभम पावरले माघ १८ देखि आईपीओ निष्काशन गर्दै

-



     सफल आवाज    
     माघ १० गते २०७९ मा प्रकाशित



काठमाडौं, १० माघ । शुभम पावरले माघ १८ गतेदेखि सेयर (आईपीओ) निष्काशन गर्ने भएकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि सेयर जारी गरेपछि सर्वसाधारणका लागि सेयर बिक्रीमा ल्याउने भएकाे हाे ।

कम्पनीले रुपैयाँ ४ लाख ८१ हजार ८२२ कित्ता सेयर निष्काशन गर्न लागेको छ । आयोजना प्रभावित क्षेत्रका जनताले पूरा आवेदन नदिएर बाँकी रहेको थियाे । ५८ हजार ५८ कित्ता वैदेशिक रोजगारमा गएकाहरुकाे लागि र २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा लागि रहेकाे छ । कर्मचारीका लागि ११ हजार ६१० कित्ता रहेकाे छ।

लगनीकर्ताले माघ २२ गतेसम्म आवेदन दिन पाउने छन्। ताेकिएकाे मितिसम्म पनि आवेदन नपरेमा फागुन ३ गतेसम्म आवेदन पेश गर्न सकिने भएकाे छ । सेयरमा लगानीकर्ताले घटीमा १० तथा बढीमा ५ हजार कित्तासम्म माग पेश गर्न सक्नेछन् ।

केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग दिएकाे छ। याे भनेकाे कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औषत जोखिममा रहेको संकेत हाे ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।