प्रि-ओपन सेसनमा कति बढ्यो नेप्से?

-



     सफल आवाज    
     माघ १० गते २०७९ मा प्रकाशित



काठमाडौं १० माघ । साताको तेस्रो कारोबार हुने दिन आज मंगलबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंकले उकालिएको छ । अघिल्लो कारोबार दिन अर्थात गत सोमबार नेप्से १३.७१ अंक घटेर २१६५.१० विन्दुमा बन्द भएको थियो । आजको यो सेसनमा नेप्से परिसूचक ०.९५ अंक बढेर २१६६.०५ विन्दुमा पुगेको छ । यसैगरी सेन्सेटिभ इण्डेक्समा पनि ०.०४ अंकको बढोत्तरी भएको छ ।

आज मंगलबारको प्रि-ओपन सेसनमा १२ वटा स्टकको ६ लाख ६४ हजार २५२ रुपैयाँ १० पैसा बराबरको २ हजार ५३३ कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये ६ वटा स्टकको मूल्य बढेको छ भने ४ वटा स्टकको मूल्य घटेको छ । बाँकी २ वटा स्टकको मूल्य स्थिर रहेको छ ।