सुनको भाउ घट्यो, चाँदीको स्थिर

-



     सफल आवाज    
     माघ १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ माघ । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीको भाउ स्थिर रहि कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनमा रुपैयाँ १ हजार १ सयले घटेको जनाएको छ । चाँदीको भाउ शुक्रबारकै कायम भएको छ ।

छापावाल सुनमा रुपैयाँ १ हजार १ सयले घटेर तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार छापावाल सुन तोलाको १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ १ हजार १ सयले घटेर तोलाको १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ यसदिन स्थिर रहेको छ । यसरी भाउ स्थिर रहेको चाँदी आज बिहिबारकै भाउ तोलाको १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ ।