विप्रेषण कम्पनीको न्यूनतम चुक्ता पुँजी १० करोड हुनुपर्ने (पूर्णपाठ)

-



     सफल आवाज    
     माघ १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ माघ । नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली २०७९ जारी गरेको छ । नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७’ लाई खारेज गरेर ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९’ जारी गरिएकाे हो ।

नयाँ जारी गरिएकाे विनियमावलीमा नेपाल राष्ट्र बैंकले विप्रेषण कम्पनीको न्यूनतम चुक्ता पुँजी १० करोड रुपैयाँ ताेकेकाे छ । राष्ट्र बैंकले विप्रेषण कम्पनीहरुलाई २ तहमा विभाजन गरेकाे छ ।

यसमा न्यूनतम १० करोड र २५ करोड रुपैयाँ पुर्याउनु पर्ने व्यवस्था गरिएकाे छ । अब विप्रेषण सेवा प्रदान गरिरहेका कम्पनीहरुले ताेके अनुसारकाे न्यूनतम चुक्ता पुँजी २०८५ असार मसान्तसम्म पुर्याउनु पर्ने समयसिमा ताेकिएकाे छ ।

‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९’ काे पूर्णपाठ तलकाे बक्समा छ पढौं :-