अपि पावरले पायाे हकप्रद सेयर निष्काशन अनुमति

-



     सफल आवाज    
     माघ १५ गते २०७९ मा प्रकाशित



काठमाडौं, १५ माघ । विद्युत नियमन आयोगले अपि पावर कम्पनीलालाई हकप्रद सेयर निष्काशनकाे अनुमति दिएकाे छ । कम्पनीकाे हाल कायम रहेकाे चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्नका लागि आयोगले अनुमति दिएकाे हाे ।

कम्पनीकाे सञ्चालक समितिकाे माघ २ गते बसेकाे बैठकले १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेकाे थियाे ।

चुक्ता पूँजी ३ अर्ब ८४ करोड रुपैयाँमा ७.५ प्रतिशत बोनस सेयर थपेर चुक्ता पूँजी रुपैयाँ ४ अर्ब १३ करोड ३२ बत्तीस लाखकाे १ः०.४० को रेसियाेमा रु १०० अंकित दर साे हकप्रद सेयर जारी हुनेछ ।

कम्पनीले विद्युत उत्पादन गरिरहेका जलविद्युत आयोजनाहरुको ऋणमाेचनमा सघाउन हकप्रद सेयर निष्काशन गर्नका लागि विद्युत नियमन आयोगको अनुमति लिएकाे हाे ।

साे हकप्रद सेयर निष्काशनकाे प्रस्ताव कम्पनीको १९औं साधारण सभाले पारित गर्नेछ । सेबाेनले त्यस्लालाई अन्तिम स्वीकृति दिएपछि निष्काशन गरिने भएकाे छ ।