
काठमाडौं, १७ माघ । माया खोला हाइड्रोपावर कम्पनीकाे सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले माघ १३ गतेदेखि सेयर निष्काशन गरेकाे थियाे ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय जनताका लागि र वैदेशिक रोजगार रहेका नेपालीहरुका सेयर बिक्रीमा ल्याएपछी अहिले सर्वसाधारणका लागि सेयर बिक्रीमा ल्याइएकाे हाे ।
कम्पनीका अनुसार जारी पूँजीको १ अर्ब रुपैयाँको ३४ प्रतिशतले हुने ३४ करोड रुपैयाँ बरारबको ३४ लाख कित्ता सेयर निष्काशनका लागि छुट्याएको हाे । त्यसबाट १० लाख कित्ता आयोजन प्रभावित क्षेत्रका जनताका लागि र वैदेशिक रोजगारमा गएकाहरुकाे लागि २ लाख ४० हजार कित्ता निष्काशन भइसकेकाे छ।
कम्पनीले १ लाख २० हजार कित्ता सामूहिक लगानी कोषहरुकाे लागि बाँडफाँड गरिसकेको छ । ४८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि रहेकाे छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १९ लाख ९२ हजार कित्ता सेयरमा आवेदन दिन पाउनेछन्।
लगानीकर्ताले सेयरमा घटीमा १० र बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन् । यसका लागि सेबाेनबाट अनुमति पाएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र उनीहरुका तोकिएका शाखाबाट आवेदन दिन सकिनेछ ।
इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग दिएकाे छ। याे भनेकाे कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषतमा जोखिम रहेको संकेत हाे ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




